शनिबार, असार २७, २०८३

हमास नेता हनियाले भने- इजरायलसँग सम्झौता हुनै लागेको छ

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

प्यालेस्टिनी विद्रोही समूह हमासका एक अधिकारीले इजरायलसँग सम्झौता हुने  प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। दुई पक्षबीच कतारमा वार्ता जारी छ। वार्ताको मध्यस्थता पनि कतारले नै गरिरहेको छ।

समाचार एजेन्सीहरु तथा प्यालेस्टिनी मिडियाहरुका अनुसार हमासका नेता इस्माइल हनियाले भनेका छन्, 'हामीले कतारको माध्यमबाट आफ्नो कुरा राखेका छौं। हामी युद्धविराम सम्झौतामा पुग्ने क्रममा छौं।'
इजरायली पक्षबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बनाएका बन्धक छुटाउने विषयमा सम्झौता हुन लागेको बताएका थिए।

गाजामा इजरायलले हमासविरुद्धको अभियान सुरु गरेदेखि १३ हजार ३ सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। अक्टोबर ७ मा हमासका लडाकुहरूले गरेको आक्रमणमा १ हजार ४ सय इजरायलीको मृत्यु भएको छ भने २०० भन्दा बढीलाई हमासले बन्धक बनाएको छ। बन्धक बनाएका मध्ये केहीको शव प्राप्त भएको छ।


 

प्रकाशित: Nov 21, 2023| 10:56 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्