शुक्रबार, साउन २, २०८२

सुरुङमा फसेका मजदुरको कस्तो छ अवस्था [भिडियो]

 |  मंगलबार, मंसिर ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

vianetvianet

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित सिलक्यावार गाउँमा बनिरहेको सुरुङभित्र काम गरिरहेका ४१ जना मजदुर फसेका छन्। उनीहरु सुरुङमा फसेको ११ दिन भइसकेको छ। 

मजदुरलाई बाहिर निकाल्ने प्रयास जारी छ। उनीहरुलाई बचाइराख्न खाना पुर्याउनका लागि ६ इन्चको पाइप सुरुङभित्र पुर्याइएको छ। यही पाइपबाट उनीहरुका लागि अत्यावश्यक खानेकुरा तथा अन्य सामान पठाइएको छ। समाचार संस्था पीटीआईले सुरुङभित्रको भिडियो सार्वजनिक गरेको छ।  

समाचार एजेन्सी एएनआईका अनुसार सोमबार राति मजदुरहरुका लागि खिचडी पठाइएको छ। उनीहरु सुरुङभित्र जिवितै भए पनि उद्धारको प्रयास भने सफल हुन सकेको छैन। सुरुङको नजिकैबाट अर्को सुरुङ खन्ने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्। 

उत्तरकाशी जिल्लामा निर्माण भइरहेको उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको एक भाग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू पनि छन्।

स्थानीय समय अनुसार आइतबार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो। मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको थियो। नजिकै गएको पहिरोले सुरुङ क्षेत्रमा ठूलो मात्रा ढुङ्गामाटो थुप्रिँदा सुरुङ भत्किएको बताइएको छ। त्यसले गर्दा सुरुङभित्र अक्सिजनको आपूर्ति पनि काटिएको थियो।

प्रकाशित: Nov 21, 2023| 09:28 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्