सोमबार, वैशाख १४, २०८३

यस्तो छ आजको मौसम

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

National life

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यस्तै, आज राति लुम्बिनी प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

kumari

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Nov 21, 2023| 09:24 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्