सोमबार, वैशाख १४, २०८३

करेन्ट लागेर पोखरामा दम्पतीको मृत्यु

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

National life
kumari

काठमाडौं- पोखरा महानगरपालिका वडा २९, पट्नेरीस्थित कुलोमा दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु भएको छ। सोमबार दिउँसो करिब ४ बजे माछा मार्न तार बिछ्याउने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु भएको हो।

मृत्यु हुनेमा पोखरा २९ बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्की जनाएको छ। सुनार दम्पती मुस्ताङ स्थायी घर भई हाल पट्नेरीमा बस्दै आएका थिए।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 20, 2023| 22:00 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्