शुक्रबार, साउन २, २०८२

भूकम्प प्रभावितका लागि अस्थायी आवासको पहिलो किस्ता निकासा

 |  सोमबार, मंसिर ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

vianetvianet

काठमाडौं- जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार निकासा भएको हो।

जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको हो।

भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने प्रबन्ध गरिएको छ। साथै निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ।

प्रकाशित: Nov 20, 2023| 16:43 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्