शुक्रबार, पुस ४, २०८२

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २० घाइते 

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

रुकुमपश्चिम- रुकुमपश्चिममा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बूढा छन्। 

National life

बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहारी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए।

जीपमा सवार चालकसहित २० जना घाइते भएका छन्। जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो।

उनका अनुसार अन्य पाँच जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको थियो। 

Laxmi sunrise bank
kumari

घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ। जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ।

यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Nov 20, 2023| 15:09 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्