शुक्रबार, पुस ४, २०८२

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

कञ्चनपुर- कञ्चनपुरमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–भाँसी खण्डमा सोमबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार स्कुटर चालक भीमदत्त नगरपालिका वडा नम्बर- ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको छ। 

National life

भाँसीमा सुदूरपश्चिम प्रदेश ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका प्रहरीले जनाएको छ। कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्कुटरमा सवार कार्कीकी श्रीमती लक्ष्मी कार्की भने घाइते छन्। 

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना स्थलमा रहेको ट्याक्टर चालकलाई समेत सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 20, 2023| 15:04 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्