शनिबार, असार २७, २०८३

बेपत्ता पत्रकार ढकालको शव कृष्णभीरमा भेटियो

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ। उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा उनको शव फेला पारेको हो। त्रिशूलीमा र्‍याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट शव देखेर प्रहरीलाई सूचना दिएका थिए। त्यसपछि प्रहरीसहितको टोली घटना स्थल पुगेको हो।

पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए। भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए। तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए। त्यसपछि उनको खोजबिन सुरु भएको थियो।

उनी लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको पूर्वसहसचिव हुन्। वैदेशिक रोजगारीका लागि दुबईमा छँदा ढकाल सो जिम्मेवारीमा थिए। उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन्।

ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो। उनीहरूका दुई सन्तान छन्। पारिवारिक कारणले ढकाल केही मानसिक तनावमा पनि रहेको निकटस्थहरुले बताएका छन्।

उनी विगत सात वर्षदेखि लालीगुराँस डटकम नामक अनलाइनमा संवाददाताका रुपमा कार्यरत थिए।

प्रकाशित: Nov 20, 2023| 14:35 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्