शनिबार, असार २७, २०८३

टिकटक प्रतिबन्दविरुद्धका रिट हेर्न भ्याइएन

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

सरकारले टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुन सकेन। टिकटकको प्रतिबन्धविरुद्ध १० वटा रिट परेका थिए। सबै रिटमाथि न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको थियो।
त्यस्तै, न्यायाधीशद्वय चुडाल र नहकुल सुवेदीको संयुक्त इजालसमा २० वटा मुद्दाको पेशी तोकिएको थियो। यी मुद्दामाथि संयुक्त इजलासमा सुनुवाइ चलेका कारण एकल इजलास बस्न सकेन।

न्यायाधीश चुडालको एकल इजलासमा पेशी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ आज हुन सकेन। सबै मुद्दालाई सर्वोच्च अदालत प्रशासनले ‘हेर्न नभ्याइने’मा राखेको छ।

सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएपछि फुकुवा गर्न माग गर्दै कानुन व्यवसायीले सर्वोच्चमा रिट दिएका हुन्।

प्रकाशित: Nov 20, 2023| 13:14 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्