शुक्रबार, पुस ४, २०८२

बिरालो मार्न भनेर खुकुरी लिएर निस्केका हरि मृत भेटिए

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

National life
Laxmi sunrise bank
kumari

झापाको कचनकवल गाउँपालिका-७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। स्थानीय इँटा भट्टाको गाडी चलाउँदै आएका तामाङलाई आज बिहान ८:३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए।

गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्केका स्थानीयबासीले बताएका छन्। उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए।

छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठिक थिएन। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

प्रकाशित: Nov 20, 2023| 13:00 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्