सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाइक जोगाउन खोज्दा भीरबाट खसेको थियो इलाममा बस, मृतकको संख्या तीन पुग्यो

बाइक जोगाउन खोज्दा भीरबाट खसेको थियो इलाममा बस, मृतकको संख्या तीन पुग्यो

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

आइतबार साँझ इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ। बस मेची राजमार्गबाट झण्डै डेढ सय मिटर तल खस्दा धनुषाका तीन जनाको ज्यान गएको हो।

National life

इलाम प्रहरीका अनुसार चालकले विपरीत दिशाबाट आइरहेका एक जना मोटरसाइकल चालकलाई जोगाउन खोज्दा बस भीरबाट खसेको हो। ४१ वर्षीय चालक हरिगिन राउत प्रहरी नियन्त्रणमा छन्।

आइतबार साँझ ५ बजेतिर  इलामको कन्याम पुगेर फर्कंदै गरेको ना ६ ख ८४२४ नम्बरको बस रोङ गाउँपालिका-३ कोलबुङमा दुर्घटनाग्रस्त भएको थियो। प्रहरीका अनुसार शैक्षिक भ्रमणका लागि धनुषाबाट इलाम गएको टोलीमा विद्यार्थीका अभिभावक पनि थिए। धनुषाधाम नगरपालिका-९ बाट आएको बस कन्यामबाट फर्कने क्रममा दुर्घटना भएको थियो।

दुर्घटनामा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा, सोही ठाउँकी ४० वर्षीया तुल्मा लामा र ६० वर्षीया शान्तमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३२ जना घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बिएण्ड सी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैको अवस्था सामान्य छ।

kumari

 

प्रकाशित: Nov 20, 2023| 12:52 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्