शनिबार, असार २७, २०८३

टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ। सोमबार माइतीघर मण्डलामा र्‍याली निकालिएको हो।

टिकटक प्रतिबन्ध खारेज गर, सरकार हिजो बन्दुकसँग डराउने आज सरकारसँग, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएको प्ले कार्ड बोकी युवाहरू प्रदर्शनमा उत्रेका हुन्।

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ। रिटमाथि आजबाट सुनवाइ हुँदैछ। कात्तिक २७ गते सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: Nov 20, 2023| 12:35 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्