सुदूरपश्चिमको बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
हिजो आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
गत असोज १६ गते बझाङ नै केन्द्र बनाएर गएको भूकम्पले जनधनको क्षति भएको थियो। त्यतिबेला भूकम्पबाट १ जनाको मृत्यु भएको थियो भने ठूलो संख्यामा भौतिक संरचनाहरु भत्किएका थिए।
गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट पनि ठूलो जनधनको क्षति भएको थियो। जाजरकोट भूकम्पबाट १५४ जनाको ज्यान गएको थियो।