शुक्रबार, पुस ४, २०८२

२२ यात्रु बोकेको गाडी भेरीमा खस्यो

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा २२ जना घाइते  भएका छन्। आज बिहान चौरजहारीबाट खलंगा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।

National life

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार गाडी सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको थियो। जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएका छन्। तीमध्ये ७ जनाको अवस्था गम्भीर छ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्‍याइएको छ। गाडीमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ। चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्।

 

प्रकाशित: Nov 20, 2023| 11:20 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्