शुक्रबार, पुस ४, २०८२

हमासले बन्धक बनाएका विपिन जोशी गाजामा

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

प्यालेस्टाइनको गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा परेका थिए। 

National life

इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको छ।

जोशीलाई छुटाउन पहल भइरहेको परराष्ट्रले बताएको छ। उनको सकुशल उद्धारको माग गर्दै केही दिनअगाडि उनका आमाबुबाले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका थिए। परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताएका थिए। 

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना घाइते भएका थिए। त्यहीबेला जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो।

यसैबीच इजरायल र हमासबीच युद्धविराम हुने भएको छ। अमेरिकी मध्यस्थतामा युद्ध रोक्ने सम्झौता हुन लागेको समाचार वासिङ्‍टन पोस्टले प्रकाशित गरेको  छ।

Laxmi sunrise bank
kumari

सम्झौता अनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौं महिला र बालबालिकाको रिहाइ हुनेछ। केही दिनमै लागू हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धलाई स्थायी रूपमा रोक्नेछ।

६ पृष्ठको लिखित सर्तसहितको सम्झौतामा द्वन्द्वरत पक्षले कम्तीमा पाँच दिनको लागि युद्धसम्बन्धी कार्य रोक्नुपर्ने उल्लेख छ। पहिलो पटक ५० भन्दा बढी बन्धक रिहाइ हुनुपर्ने र त्यसपछिका प्रत्येक २४ घण्टामा त्यसभन्दा कम बन्धक रिहाइ गरिनुपर्ने सम्झौतामा उल्लेख रहेको वासिङ्टन पोस्टले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

गाजामा बन्दी बनाइएका २३९ जनामध्ये कति जनालाई यो सम्झौताअन्तर्गत रिहा गरिनेछ भन्ने स्पष्ट छैन। बन्धक बनाइएका कतिपयको मृत्यु भइसकेको छ।

प्रकाशित: Nov 20, 2023| 06:19 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्