शुक्रबार, साउन २, २०८२

रौतहटबाट आधुनिक हतियार बरामद

 |  आइतबार, मंसिर ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

vianetvianet

रौतहट- सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ। इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाई नगरपालिका–३ स्थित एक घरबाट आज ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो।

हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोले सो घरमा खानतलासी गरेको थियो। बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ।

हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ। सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीको भनाइ छ।

हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सीसा फुटेको छ।

प्रकाशित: Nov 19, 2023| 20:50 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्