शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • संसदीय समितिले गृहसँग माग्यो एआइजी ज्ञवालीको जन्ममिति कागजात

संसदीय समितिले गृहसँग माग्यो एआइजी ज्ञवालीको जन्ममिति कागजात

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

काठमाडौं- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीको जन्ममिति कागजात माग गरेको छ। संसदीय समितिले गृह मन्त्रालयसँग ज्ञवालीको जन्ममिति काजगात माग गरेको हो।

National life

‘उहाँको जन्ममितिसम्बन्धी उजुरी समितिमा आएको छ। त्यसबारे सत्यतथ्य के हो भनेर गृहलाई चिठी लेख्ने काम भएको छ,’ समितिका सभापति रामहरि खतिवडाले भने, ‘उजुरी आएपछि सत्यतथ्य बुझ्न खोजिएको हो, कसैसँग पूर्वाग्रह राखेको होइन।’

ज्ञवालीले जन्ममिति फरक पारेर प्रहरी सेवामा प्रवेश गरेको आरोपसहित उजुरी परेको थियो। ज्ञवालीको जन्ममिति विवादबारे सर्वोच्च अदालतमा पनि रिट परेको थियो। उक्त रिट सर्वोच्चले दरपीठ गरिदिएको थियो। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारीमा बेलाबेला उमेरका विवाद आउने गरेको भन्दै उनले उपसमिति नै बनाउनुपर्ने देखिएको बताए।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारीमा बेलाबेला उमेर, पीआरलगायतको विवाद आउने गरेको देखिन्छ। यसका बारेमा एउटा उपसमिति नै गठन गरेर सबैलाई निराकरण गर्नुपर्ने देखियो,’ खतिवडाले भने, ‘जागिरमा प्रवेश गर्दा एउटा उमेर, पछि अर्कै बनाउने गरेको देखिन्छ। शैक्षिक प्रमाण पत्र पनि पहिले एउटा, पछि अर्कै देखाउने गरेको देखिन्छ। यो पद्धती अलि राम्रो देखिएन।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 19, 2023| 19:00 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्