सोमबार, वैशाख १४, २०८३

शुद्ध पिउने पानीको अभावमा गाजामा फैलियो रोग

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

काठमाडौं-  गाजाका गल्लीहरूमा फोहोर थुप्रिन थालेको छ भने मुख्य सरसफाइ सेवाहरू सञ्चालन बन्द भएका छन्। जसले गर्दा स्थानीयमा हैजालगायत संक्रामक रोगहरूमा वृद्धि डरलाग्दो रहेको अलजजिराले जनाएको छ। 

National life

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघको राहत एजेन्सी (यूएनआरडब्लूए) ले खान युनिसमा सञ्चालित विद्यालयमा ३३ वर्षीय ओसामा सक्रले आफ्ना तिर्खाएका बालबालिकाका लागि केही बोतल पानी भर्ने प्रयास गरे।

उनले एक चुस्की लिएर लामो सास फेर्नु अघि नै उनको मुखबाट तरल पदार्थ निस्कियो। 'यो पानी निकै प्रदूषित छ, तर मेरा बच्चाहरूले सधैं यो पिउने गर्छन्, अब अरु कुनै विकल्प पनि छैन,' उनले अल जजीरालाई भने।

सक्रको एक वर्षको छोरालाई पखाला लागेको छ, तर उनले उपचारका लागि न  त‍अस्पताल छ  न फार्मेसीमा उपचार गर्न औषधि पाए। 'मैले फेला पारे पनि समस्या रहिरहन्छ: पानी प्रदूषित र नुनिलो पानी, पिउन योग्य छैन,' उनले भने।

'मलाई डर छ कि अन्ततः, मैले मेरो एक बच्चालाई यो विषाक्तताबाट गुमाउनेछु,' उनले दुखेसो पोखे।

kumari

प्रकाशित: Nov 19, 2023| 18:30 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्