काठमाडौं- भारत–अस्ट्रेलियाबीच चलिरहेको विश्वकपको फाइनल खेलमा ‘फ्रि प्यालेस्टाइन’ टिसर्ट लगाएर मैदान छिरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई अहमदाबादको चाँदखेडा प्रहरी चौकीमा लगिएको हो। उनी खेल चलिरहेका बेला ‘फ्रि प्यालेस्टाइन’ लेखेको टी–सर्ट लगाए र झण्डा बोकेर मैदानमा विराट कोहलीको नजिक गएका थिए।
भारतीय समाचार एजेन्सी एएनआईले सोसल मिडिया प्लेटफर्म एक्समार्फत भिडियो सार्वजनिक गरेको छ। भिडियोमा फ्रि-प्यालसेस्टाइन लेखिएको टिसर्ट लगाएर मैदान छिरेका व्यक्तिलाई पक्राउ गरेको देखाइएको छ।
भिडियोमा ती व्यक्तिले आफ्नो नाम जोनसन बताइरहेका छन्। उनले आफू अस्ट्रेलियाबाट आएको र मैदानमा विराट कोहलीलाई भेट्न गएको बताएका छन्। उनले आफू प्यालेस्टाइनको समर्थक भएको बताएका छन्।
#WATCH | Gujarat: The man who entered the field during the India vs Australia Final match, brought to the Chandkheda Police Station in Ahmedabad pic.twitter.com/pm9AMyhsSi
— ANI (@ANI) November 19, 2023