शनिबार, पुस ५, २०८२

किशोरीको गाडेको शव निकाल्यो प्रहरीले सर्लाहीमा

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

सर्लाहीमा प्रहरीले गाडिएको एक सातापछि शव निकालेर पोष्टमार्टमको लागि पठाएको छ। जिल्लाको हरिवन नगरपालिका–११ बालगंगामा रहेको मुस्लिम बस्तीमा एक साताअघि खाल्डोमा गाडिएको युवतीको शव निकालेर आइतबार पोष्टमार्टम गर्न अस्पताल पठाइएको हो।

National life

युवतीको मृत्यु शंकास्पद देखिएपछि शव निकालेर प्रहरीले परीक्षणका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याएको हो। गत कात्तिक २६ गते सोही ठाउँकी १७ वर्षीया तबसुन खातुनको मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ। परिवारका सदस्यले भने पेट दुखेर मृत्यु भएको दाबी गरेका छन्।

आइतबार बिहान धार्मिक अगुवा तथा स्थानीयसमेतलाई सम्झाइबुझाइ प्रहरीले खातुनको शव मुस्लिम समुदायको दाहसंस्कार गर्ने ठाउँ कब्रस्थानबाट निकालेर परीक्षणका लागि सदरमुकाम मलंगवा लगेको हो। घटनाको अनुसन्धानका लागि प्रहरीले मृतक युवतीकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। मृतकका मामा ५५ वर्षीय शेख जिलानी र उनका छोरा २४ वर्षीय शेख असजदलाई समेत प्रहरीले पक्राउ गरेको छ।

खातुनका बुवा सेख इर्साद र सौतेनी आमाकी पहिलेका श्रीमान्‌तर्फको छोरा सेख चाँद फरार छन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 19, 2023| 15:54 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्