शनिबार, पुस ५, २०८२

अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम हुँदै

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

इजरायल र हमासबीच युद्धविराम हुने भएको छ। अमेरिकी मध्यस्थतामा युद्ध रोक्ने सम्झौता हुन लागेको समाचार वासिङ्‍टन पोस्टले प्रकाशित गरेको  छ।

National life

सम्झौता अनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौं महिला र बालबालिकाको रिहाइ हुनेछ। केही दिनमै लागू हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धलाई स्थायी रूपमा रोक्नेछ।

६ पृष्ठको लिखित सर्तसहितको सम्झौतामा द्वन्द्वरत पक्षले कम्तीमा पाँच दिनको लागि युद्धसम्बन्धी कार्य रोक्नुपर्ने उल्लेख छ। पहिलो पटक ५० भन्दा बढी बन्धक रिहाइ हुनुपर्ने र त्यसपछिका प्रत्येक २४ घण्टामा त्यसभन्दा कम बन्धक रिहाइ गरिनुपर्ने सम्झौतामा उल्लेख रहेको वासिङ्टन पोस्टले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

गाजामा बन्दी बनाइएका २३९ जनामध्ये कति जनालाई यो सम्झौताअन्तर्गत रिहा गरिनेछ भन्ने स्पष्ट छैन। बन्धक बनाइएका कतिपयको मृत्यु भइसकेको छ। हमासले ७ अक्टोबरमा बन्धक बनाएका मध्ये एक जना नेपाली पनि छन्।

प्रकाशित: Nov 19, 2023| 11:22 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्