शनिबार, असार २७, २०८३

गाजा अस्पतालको गेटमा भेटियो सामूहिक चिहान

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

इजरायलले गाजाको अल-शिफा अस्पतालमा आक्रमण गरेपछि त्यहाँको स्थिति दर्दनाक भएको छ। सयौं मानिसहरु अस्पतालबाट भागेका छन् भने अस्पतालको गेटमा सामूहिक चिहान फेला परेको छ।

गाजाको सबैभन्दा ठूलो यो अस्पतालका मेडिकल स्टाफहरुलाई शनिबार अस्पताल छोड्न भनिएको थियो। सयौं मानिसहरु ढुंगामाटोले भरिएको सडक हुँदै भागिरहेको दृष्य देखिएको थियो। उनीहरु बन्दुकको फायरिङबाट बच्दै भागिरहेका थिए।

विश्व स्वास्थ्य संगठनले अगुवाइ गरिरहेको यूएन टिमले अल-शिफा अस्पताललाई डेथ जोन भनेको छ। अस्पतालको गेटमा सामूहिक चिहान फेला परेको पनि उसले बताएको छ। त्यहाँ ८० जनाको शव गाडिएको बताइएको छ। 

यसैबीच गाजाको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबालियामा दुई विस्फोट भएको र त्यसमा ८० जना मारिएको जानकारी दिएको छ। यूएनको सेल्टर होममा विस्फोट भएको हो वा होइन भन्नेचाहिँ खुलेको छैन। 

 

Gaza-hospital-1700031498.jpg

gaja-1700328324.png

gaja-hospital-1700328171.jpg

प्रकाशित: Nov 19, 2023| 08:09 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्