शनिबार, पुस ५, २०८२

अस्पतालमा आक्रमणको चेतावनीपछि भागाभाग

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

इजरायल र हमासबीचको युद्धका कारण इजरायलको सेनाले दुई हजारभन्दा बढी बिरामी, चिकित्सक र विस्थापित व्यक्ति रहेको अस्पताल खाली गर्न आदेश दिएपछि शनिबार सयौं मानिस पैदलै भागेका गाजाको मुख्य अस्पतालका निर्देशकले बताएका छन्।

National life

अल–शिफा अस्पताल वरपर ठूलो विस्फोटनको आवाज सुनिएपछि विस्थापित व्यक्ति, चिकित्सक, नर्स र बिरामी तथा घाइतेहरू एम्बुलेन्सबिना नै समुन्द्री किनारतर्फ जाँदै गरेको देखिएको थियो।

प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले भाग्दै गर्दा बाटोमा इजरायली ड्रोनको आवाज सुनिएको र नराम्ररी क्षतिग्रस्त पसलहरू र पल्टिएका सवारी साधनहरूको छेउछाउमा कम्तीमा १५ वटा शवहरू देखेको पुष्टि गरे। 

हमास प्रभावित क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १२० जना घाइते र केही समय नपुग्दै जन्मेका शिशु अझै पनि शिफा अस्पतालमा रहेको जनाएको छ। हमासको अपरेशन सेन्टरको खोजी गरिरहेको इजरायलले अस्पतालभित्र सैन्य कारबाही गर्न दबाब दिइरहेको छ। 

इजरायलले अक्टोबर ७ मा करिब एक हजार ४०० जनाको ज्यान लिने गरी हमासले इजरायली क्षेत्रमा गरेको आक्रमणपछि हमासलाई ध्वस्त पार्ने भन्दै प्यालेष्टिनी क्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको छ। मारिएकामध्ये अधिकांश दक्षिणी इजरायलका नागरिकहरू थिए भने केही पढ्न वा कामको शिलशिलामा विदेशबाट इजरायलमा बस्दै आएका विदेशी रहेका थिए। हमासले गरेको आक्रमणपछि कम्तीमा२४० मानिसहरूलाई बन्धक बनाएको थियो।

Laxmi sunrise bank
kumari

सन् २००७ देखि गाजामा शासन गर्दै आएको हमास सरकारका अनुसार इजरायली सेनाको निरन्तर हवाई र स्थल कारबाहीले पाँच हजार बालबालिकासहित १२ हजार मानिसको ज्यान लिइसकेको छ।

गाजा शहरमा शनिबार बिहान इजरायली सेनाले लाउडस्पिकरमार्फत अल–शिफा अस्पताल ‘अर्को एक घण्टाभित्र’ खाली गर्न आदेश दिएको घटनास्थलमा रहेका एएफपीका एक पत्रकारले बताए। उनीहरूले अस्पतालका निर्देशक मोहम्मद अबु सालमियालाई फोन गरेर बिरामी, घाइते, विस्थापित र स्वास्थ्यकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई समुन्द्री किनारतर्फ जान आग्रह गरेका थिए।

इजरायली सेनाले शिफा अस्पतालका निर्देशकको अनुरोधलाई स्वीकार गर्दै अस्पतालमा रहेका र त्यहाँबाट बाहिर जान चाहने थप गाजावासीलाई उद्धार गर्न अनुमति दिएको बताएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली सेना अल–शिफामा प्रवेश गर्नुअघि दुई हजार ३०० बिरामी, कर्मचारी र विस्थापित प्यालेस्टिनीहरू अल–शिफामा आश्रय लिइरहेका थिए।


 

प्रकाशित: Nov 19, 2023| 05:45 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्