सोमबार, वैशाख १४, २०८३

राष्ट्रिय झन्डा च्यात्न खोज्ने ११ जना समातिए

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

प्रहरीले राष्ट्रिय झन्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ।

National life

पर्सागढी नगरपालिका–९ स्थित सिंगे पुलमा राखिएको  राष्ट्रिय झन्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गएको बिहीबार राति मादकपदार्थ सेवन गरी सिगे पुलमा राखिएको राष्ट्रिय झन्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

करिब एक साताअघि सिंगे पुलमा सजाइएको राष्ट्रिय झन्डामध्ये केही झन्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो।

गैरकानुनी गतिविधि गरेको आरोपमा पक्राउ परेकामा पर्सागढी नगरपालिका–१, मनवा टोल निवासी अंकित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१, सखुवनिय टोलका गौतम महतो, नन्दन दास थारु र लक्की चौधरी रहेका प्रहरी निरीक्षक केसरीले जानकारी दिए।

kumari

पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Nov 19, 2023| 05:05 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्