शनिबार, पुस ५, २०८२

सवारी दुर्घटनामा पाँचको मृत्यु, सातजना मृत फेला

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलमा बा.८८ प ८०६२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री काठमाडौं डल्लु घर भएकी ५५ वर्षीया अग्नि जोशीको शुक्रबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ बाबुचोकस्थित सडकमा ठुलोदमारबाट हटियातर्फ जाँदै गरेको ना.२५ प ८३५६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीया गोपिनी बिकको शुक्रबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको मधेश प्रदेश ०३ ०१ ख ९६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री डोटी शिखर गाउँपालिका-२ बस्ने ६० वर्षीया भगवती रोस्यारा(कट्टी)को शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्राथमिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दोलखा, तामाकोशी गाउँपालिका-१ सिस्नेरीस्थित सडकमा बा.०१००३प ९३५९ नम्बरको ट्रक र बा.२९ प ११६२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक तामाकोशी गाउँपालिका-१ भिरकोट बस्ने २२ वर्षीय शुसिल माझीको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाफ चरिकोट अस्पताल हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बैतडी, दोगडाकेदार गाउँपालिका-३ घोडेधारस्थित सडकमा से.१ ज ६०३ नम्बर जिप शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका-८ कटौजपानी बस्ने ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Laxmi sunrise bank
kumari

मृत फेला
प्युठान, नौबहीनी गाउँपालिका-३ मन्धाराकैया बस्ने २२ वर्षीया रिमा बुढा मगर सोही ठाउँस्थित भिरेखरबारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। कात्तिक २७ गते ३ वर्षीय छोरा मुस्कान बुढामगर समेतलाई लिई घरबाट गएकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो। साथै हाल सम्पर्कमा नभएका मुस्कान बुढामगरको प्रहरीले खोजी गर्नुका साथै मृतकको श्रीमानलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाईलास्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोर अगाडि हाल नाम, थर, वतन नखुलेका शिव भनेर चिनिने अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ बेशिगाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका-५ घर भएका ३८ वर्षीय कैलाश शेर्पा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ हर्दिया बस्ने सोभा थापाको घरमा विगत ४० वर्षदेखि बस्दै काम गर्दै आएका खोटाङ खोटेहाङ गाउँपालिका-८ मुखितम घर भएका ७२ वर्षीय तिलक खड्का उक्त घरको बरण्डाको खाटमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

अर्घाखाँची, भुमिकास्थान नगरपालिका-३ सिख्रास्थित भिरमा गुल्मी धुर्कोट गाउँपालिका-२ पिपलधारा बस्ने ३६ वर्षीय खुम बहादुर घर्ती शुक्रबार मृत अवस्थामा फेला परेका छन्। कात्तिक २९ गते आफ्नो दिदी कमला घर्तिको घर अर्घाखाँची भुमिकास्थान नगरपालिका-३ सिख्रास्थित तिहारको टिका लगाउन भनि हिँडेका उनी दिदीको घरमा नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो।

रूकुम पश्चिम, चौरजहारी नगरपालिका-२ बिजयश्‍वरी डाँडास्थित सडकमा सोही नगरपालिका-२ मुग्राखोला घर भई हाल चौरजहारी नगरपालिकामा कार्यरत कार्यालय सहयोगी ३९ वर्षीय कालु कुमाल शनिबार मृत अवस्थामा फेला परेका छन्।

बाँके, जानकी गाउँपालिका-२ बेलभार बस्ने ४५ वर्षीय राम दयाल पुरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Nov 18, 2023| 19:35 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्