आइतबार, असार ८, २०८२

हत्या अभियोगमा आमा, मामा र मामाको छोरा पक्राउ

 |  शनिबार, मंसिर २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

vianetvianet

सर्लाहीको हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन्।

कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Nov 18, 2023| 19:32 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्