सोमबार, वैशाख १४, २०८३

गायिका तथा एमाले नेतृ कोमल वलीकी आमाको निधन

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ।

National life

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो। उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन्।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो।

दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन्।

kumari

दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अन्चल महिला संगठनमा उपसभापति भएकी थिइन्। उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन्। उनका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित: Nov 18, 2023| 14:10 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्