काठमाडौं- संयुक्त अरब इमिरेट्सद्वारा आयोजित मानवीय मिशनको एक भागको रूपमा गाजाबाट आपतकालीन स्वास्थ्य सेवा आवश्यक भएका बालबालिकालाई उद्धार गरि आबु धाबी पुर्याएको छ।
गाजाका बालबालिका र उनीहरूका परिवारसहित १५ जनालाई लिएर पहिलो विमान शनिबार युएई आइपुगेको यूईएको समाचार एजेन्सी डब्लूएएमले जनाएको छ।
यो उडान युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले गाजा पट्टीबाट आफ्ना परिवारसहित आएका १,००० बालबालिकालाई युएईका अस्पतालहरूमा चिकित्सा उपचार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विमान इजिप्टको एल अरिश अन्तर्राष्ट्रिय विमानस्थल छोडेर अबु धाबी आइपुगेको र गम्भीर चोटपटक, जलेको र क्यान्सरका बिरामीहरूलगायत अत्यावश्यक चिकित्सा आवश्यकता भएका बच्चाहरूलाई ल्याइएको डब्लूएमले जनाएको छ।
गाजाका बालबालिकाहरूका लागि बिग्रँदै गएको स्वास्थ्य अवस्थाको चिन्ता एकातिर छ भने अर्कोतिर सफा पानी र इन्धनको अभावले मानवीय संकट बढ्दै गएको छ।
इजरायलले अक्टोबर ७ मा गाजामा हवाई आक्रमण सुरु गरेपछि १२,००० भन्दा बढी प्यालेस्टाइनी मारिएको हमासको सरकारी प्रेस कार्यालयले जनाएको छ। जसमा ५ हजारभन्दा बढी बालबालिका मारिएका छन्।