शनिबार, पुस ५, २०८२

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका ३५ वर्षीय अम्मर बिष्ट रहेको प्रहरीले जनाएको छ। बिष्टको घटनास्थलमै मृत्यु भएको हो।

National life

कटौजपानीबाट सिल्लेगडातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ। 

गम्भीर घाइते हुनेमा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीकी ३० वर्षीया कलावती बिष्ट र ४५ वर्षीया हिरा बिष्ट रहेका छन्। उनीहरूको दुवैको टाउको र छातीमा चोट रहेको छ। 

यस्तै दुर्घटनामा परी दोगडाकेदार ८ कटौंजपानीकै ६० वर्षीय पदम बिष्ट, ७ वर्षीया सुशीला बिष्ट र ४ वर्षीय रियाज बिष्ट पनि घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पठाइएको छ। 

जिप चालक दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका सुरेन्द्र बिष्ट फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 18, 2023| 13:36 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्