शनिबार, पुस ५, २०८२

हमासले बन्दी बनाएकी १९ वर्षीया इजरायली सैनिकको शव भेटियो

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- गाजामा इजरायलकी एक १९ वर्षीया महिला सैनिकको शव भेटिएको छ। जसलाई  हमासले अक्टोबर ७ को आक्रमणपछि इजरायलबाट अपहरण गरेको थियो।

National life

गाजामा रहेको अल–शिफा अस्पतालनजिकै नोआ मार्सियानो नाम गरेकी ती महिला सैनिकको शव भेटिएको इजरायली सेनाले जनाएको छ।

यसअघि इजरायली सेनाले बन्दी बनाइएकी अर्की एक ६५ वर्षीया महिलाको शव पनि अस्पतालनजिकै भेटिएको जनाएको थियो। 

हमासले हतियार भण्डारण तथा टनेल बनाउन विद्यालय र अस्पतालसहितका सार्वजनिक भवनलाई प्रयोग गरेको इजरायलको आरोप छ। इजरायली सेनाले आरोप प्रमाणित हुने प्रकारका विभिन्न दृश्यहरू सार्वजनिक पनि गरिरहेको छ।

प्रकाशित: Nov 18, 2023| 06:49 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्