सोमबार, वैशाख १४, २०८३

कस्तो छ आज दिनभरको मौसम? 

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ। 

National life

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।

विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। 

kumari

वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ। 
 

प्रकाशित: Nov 18, 2023| 06:48 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्