काठमाडौं- तान्जानिया सरकारले इजरायलमा हमासको आक्रमणमा बन्धक बनाएका एक विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ।
२२ वर्षीय क्लेमेन्स फेलिक्स मटेन्गा समूहले अक्टोबर ७ मा पक्राउ गरेका दुई तान्जानियालीमध्ये एक थिए। उनको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन।
विदेश मन्त्रालयले तान्जानियाका अन्य बन्धक जोशुआ मोल्लेलको विषयमा इजरायलसँग सम्पर्कमा रहेको बताएको छ। हमासले गरेको आक्रमणमा २३० भन्दा बढी बन्धक बनाएका थिए र कम्तिमा १,२०० मानिस मारिएका थिए।
इजरायलले बन्धकहरुलाई इजरायलबाट गाजा पट्टीमा लगिएको बताएको थियो। जसमा २५ देशका नागरिक थिए, जसमा एक दक्षिण अफ्रिकी पनि रहेको र उनको पहिचान हुन बाँकी रहेको बताइएको छ।
'लगभग २६०तान्जानियालीहरू इजरायलमा कृषि अध्ययन गर्छन्, र मटेन्गा र मोल्लेल दुवै कृषि इन्टर्नशिप कार्यक्रमको सहभागी भएका थिए,' इजरायलको विदेश मन्त्रालयले एक्समा भन्यो।
यो जोडी सेप्टेम्बरमा मात्र इजरायलमा अवतरण गरेको थियो, र त्यहाँ ११ महिनाको लागि अध्ययन गर्ने थियो। ७ अक्टोबरमा उनी अपहरणमा परेका थिए।
हालसम्म जम्मा चार बन्धकहरूलाई रिहा गरिएको इजरायली सेनाले जनाएको छ। बेलायत, अमेरिका र केही अन्य देशहरूले आतंकवादी संगठन मानेको हमासले गाजा भित्र 'सुरक्षित स्थान र सुरुङ' मा बन्धकहरूलाई लुकाएको बताएको छ।