शनिबार, पुस ५, २०८२

यूसीएलजी एसिया-प्यासिफिकको सहअध्यक्षमा ढुंगाना निर्वाचित 

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं- युनाइटेड सिटि अफ लोकल गभरमेन्ट (यूसीएलजी) एशिया- प्यासिफिक क्षेत्रको सहअध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना निर्वाचित भएका छन्। 

National life

चीनको ईयू सहरमा भएको यूसीएलजीको अधिवेशनबाट ढुंगाना सहअध्यक्षमा निर्वाचित भएको नगरपालिका संघका प्रेस सल्लाहकार सरोज अधिकारीले जानकारी दिएका छन्। 

सन् २००४ मा स्थापना भएको संयुक्त शहर र स्थानीय सरकारहरू (यूसीएलजी) शहरहरू, स्थानीय र क्षेत्रीय सरकारहरू, र विश्व स्तरमा स्थानीय सरकारहरूको हितको प्रतिनिधित्व र रक्षासँग सम्बन्धित विश्वभरका नगरपालिका संघहरूको एक अन्तर्राष्ट्रिय छाता संगठन हो। 

धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख समेत रहेका ढुंगाना स्थानिय तहमा जनप्रतिनिधिका रूपमा अनुभव सम्हालेका व्यक्ति हुन्। ढुंगाना निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ। यस संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानीय सरकारहरू सदस्यका रूपमा रहेका छन्।


 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 17, 2023| 19:09 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्