शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अस्कलका क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा

अस्कलका क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुखलाई आक्रमण गर्ने विद्यार्थी नेता धरौटीमा रिहा भएका छन्। लैनचौरस्थित अमृत साइन्स क्याम्पसका प्रमुख डा.लोकबहादुर बराललाई आक्रमण गरेको आरोपमा प्रहरीले कमलराज जोशीलाई पक्राउ गरेको थियो।

२६ वर्षीय जोशीलाई टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए। नेकपा एमाले निकट अनेरास्ववियुमा आवद्ध जोशीलाई घटना भएको करिब ३ महिनापछि प्रहरीले पक्राउ गरेको हो।

पक्राउपछि उनलाई अभियोगपत्रसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेका हुन्। बझाङ घर भएका जोशी क्याम्पसको स्ववियु सभापतिमा पराजित उम्मेद्वार हुन्। 

प्रकाशित: Nov 17, 2023| 18:20 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्