सोमबार, वैशाख १४, २०८३

राष्ट्रसंघले भन्‍यो - गाजामा राहत सहयोग पुर्‍याउन सक्दैनौं

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं- संयुक्त राष्ट्रले गाजामा राहत सहायता पुर्‍याउन नसक्न‍े पुष्टि गरेको छ। गाजामा रहेका राष्ट्रसंघका प्रतिनिधिहरुसँग सम्पर्कसमेत हुन नसकेको अवस्थामा थप राहत सहायता उपलब्ध गराउन नसक्‍ने पुष्टि गरेको हो। 

National life

गाजामा इजरायली सेनाले फोन लाइनहरू र इन्टरनेट बन्द गराएको छ। इजरायली सेनाले ७ अक्टोबरपछि निरन्तर गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ। 

प्यालेस्टाइनीहरूलाई सहयोग गर्ने संयुक्त राष्ट्र संघको राहत एजेन्सी यूएनडब्लूआरएबाट जुलिएट टोमाले भने बीबीसलाई भने, 'यदि सञ्चार र इन्धन पुनर्स्थापित गरियो भने मात्र सहायता गर्न सकिन्छ, त्यो नभएसम्म सहायता उपलब्ध गराउन सकिँदैन।'

यस हप्ताको सुरुमा, अक्टोबरमा हमास र इजरायलबीचको युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा एउटा ट्यांकरले इन्धन पुर्‍यायो, तर यो पहिले नै सकिएको छ।

संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले भनेको छ कि खाद्यान्न र पानीको आपूर्ति 'व्यावहारिक रूपमा अवस्थित छैन' र गाजानहरूले अब 'भोकमरीको तत्काल सम्भावना' सामना गरिरहेका छन्।

kumari

प्रकाशित: Nov 17, 2023| 17:40 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्