शनिबार, पुस ५, २०८२

झाडीमा सालनाल सहितको बच्चा भेटियो

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

हेटौंडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ। बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

National life

सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ। प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ। 

हेटौंडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाको भनाइ छ।

बच्चा कसले सडकमा ल्याएर फालेको हो हालसम्म खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक रुद्र पराजुलीले बताए।

‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले असोज २७ गतेदेखि मंसिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ।

Laxmi sunrise bank
kumari

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सडक आश्रित मानवको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरूसँगै दसैँ, तिहार, छठजस्ता पर्व मनाउने गरी सो अभियान सञ्चालन गरिएको हो,' उनले भनिन्। 

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। उनकाअनुसार यस क्रममा हालसम्म विभिन्न उमेर समूहका दुई सय ९२ जनाको उद्धार गरिसकिएको छ। 

प्रकाशित: Nov 17, 2023| 18:41 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्