शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने

टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको हो।

हालै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो। उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ।

भोलि शनिबार तथा पर्सि छठ पुजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेशी तोकिएको हो। सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।

प्रकाशित: Nov 17, 2023| 14:36 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्