शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ज्यान मार्ने कसुरमा संलग्नलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले गोली चलायो

ज्यान मार्ने कसुरमा संलग्नलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले गोली चलायो

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- बाँकेमा प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन्। रानाको दायाँ खुट्टामा गोली लागेको छ।

प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ। कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए। रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ।

कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ। 

प्रकाशित: Nov 17, 2023| 13:52 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्