सोमबार, वैशाख १४, २०८३

रामपुरका अग्निपीडितलाई सहयोग

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं- ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरका अग्निपीडितलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा शाखा र स्थानीय तहले राहत सामग्री प्रदान गरेका छन्।

National life

यही कात्तिक २७ गते बेलुका भएको आगलागीमा रामपुर तल्लोटारका दुई परिवारमा भौतिक क्षति भएको थियो। स्थानीय एकबहादुर तोलाङ्गी र उनका भाई मीनबहादुर तोलाङ्गीको घरमा आगो लागेको थियो। तिहारमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईका अनुसार आगलागीमा अन्नपात, भाँडाकुँडा जलेको थियो। उनका अनुसार सो घटनामा करिब रु १६ लाख ५० हजार बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा जिल्ला शाखाका अध्यक्ष नारायण दाहालको टोलीले आग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ। घटनाको भोलिपल्ट नै दुवै पीडित परिवारलाई रेडक्रस जिल्ला शाखाले त्रिपाल, कम्बल, सुती तथा बुट्टे कपडा, बाल्टी, डोरी र ‘डिग्निटी किट’ प्रदान गरेको थियो।

मोलुङ गाउँपालिका कार्यालयका सूचना अधिकारी सन्तोष गौतमले पालिकाले पनि राहत सामग्री प्रदान गरेको जानकारी दिए। पालिकाका तर्फबाट पीडित तोलाङ्गी परिवारलाई एक–एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र कम्बल पनि वितरण गरिएको छ।

kumari

प्रकाशित: Nov 17, 2023| 11:11 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्