सोमबार, वैशाख १४, २०८३

घट्दै छ तापक्रम, कस्तो रहला आज दिनभरको मौसम? 

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं- देशका केही भू–भागमा आज मौसममा बदली र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

National life

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

हिमपातको सम्भावना रहेको र देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

kumari

हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको  आंशिक प्रभाव रहेको छ। कोसी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

प्रकाशित: Nov 17, 2023| 07:20 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्