काठमाडौं- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धक बनाएकाहरुलाई गाजाको अल-सिफा अस्पतालमा राखिएको 'बलियो संकेत' मिलेको बताएका छन्।
उनले इजरायली सेना 'अस्पतालमा प्रवेश गर्नुको एउटा मुख्य कारण' हमासले बन्धक बनाएकाहरुलाई अस्पताल नजिकै राखिएको संकेत पाएको सीबीएस समाचारसँगको अन्तर्वार्तामा भने।
इजरायलले बारम्बार हमासलाई अल-शिफाको मुनि मुख्य आधार बनाएको आरोप लगाउँदै आएको छ। यद्पि हमासले भने अस्वीकार गरिरहेको छ। इजरायली सेनाहरू बुधबार अस्पतालमा प्रवेश गरे, तर त्यहाँ न त हमासहरु नै भेटिए न त बन्धकहरु नै।
नेतान्याहुले भने, 'तिनीहरू [त्यहाँ] थिए, तर, इजरायली सेनाको प्रवेशको संकेतपछि उनीहरूलाई बाहिर लगियो,' उनी भन्छन्।
उनले सरकारसँग 'बन्धकहरूको बारेमा गुप्तचर जानकारी भएको तर यसको बारेमा जति कम भनौं, त्यति राम्रो' हुने पनि उनले बताए।
शव फेला
हमासले ७ अक्टोबरमा इजरायली क्षेत्रबाट अपहरण गरी लगेका ६५ वर्षीय येहुदित वेइसको शव फेला परेको छ। इजरायलको सेनाले गत महिना हमासद्वारा गाजामा हमासले बन्धक बनाएको इजरायली बन्धकको शव फेला पारेको जनाएको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजा शहरको अल-शिफा अस्पताल नजिकैको घरमा ६५ वर्षीय येहुदित वेइस फेला पारेको जनाएको छ।
उनको परिवारलाई खबर गरिएको र उनको शव इजरायलमा फिर्ता गरिने बताइएको छ। वेइसलाई गाजा सीमा नजिकै बेइरीमा रहेको उनको घरबाट अपहरण गरिएको थियो।
अक्टोबर ७ मा हमासले आफ्नो घातक आक्रमण सुरु गर्दा उनी स्तन क्यान्सरबाट बाँचेकी थिइन, तर उनलाई लिइँदा नियमित औषधि भने छुटेको 'ब्रिंग द होम नाउ' समूहले जनाएको छ।
उनका श्रीमान् श्मुलिक रब्बी हमासको आक्रमणमा मारिएका थिए। आइडीएफले एक विज्ञप्तिमा उनको शव भेटिएको ठाउँमा भेटिएका हतियारमध्ये कलाश्निकोभ राइफल र रकेट प्रोपेल्ड ग्रेनेड रहेको बताएको छ।
'दुर्भाग्यवश, गाजामा आतंकवादीहरूले येहुदितको हत्या गरेका थिए र हामी उनलाई समयमै भेट्न सकेनौं,' आइडीएफका प्रवक्ता डेनियल हगारीले बिहीबार साँझ पत्रकार सम्मेलनमा भने।
उनको हत्या कसरी भयो भन्नेबारे थप विवरण भने दिएनन्। गत महिना हमासले अपहरण गरेका २४० बन्धकमध्ये चार जना मात्रै रिहा भएका छन्।
इजरायली अधिकारीहरूले अक्टोबर ७ मा सयौं बन्दुकधारीहरूले हमासको सीमापार हमलामा कम्तिमा १२ सयजनाको मृत्यु भएको बताएका छन्।
इजरायलले जवाफी आक्रमण सुरु गरेदेखि गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उक्त क्षेत्रमा ११,४०० मानिस मारिएको जनाएको छ।