मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेपालका भूकम्पपीडितलाई अष्ट्रेलियाले पाँच करोड प्रदान गर्ने

नेपालका भूकम्पपीडितलाई अष्ट्रेलियाले पाँच करोड प्रदान गर्ने

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

National life
kumari

काठमाडौं- अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ।

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ। नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।

प्रकाशित: Nov 16, 2023| 22:22 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्