मंगलबार, वैशाख १५, २०८३

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

National life
kumari

खलङ्गा- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ। नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ। उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ।

प्रकाशित: Nov 16, 2023| 15:19 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्