आइतबार, चैत २४, २०८१

यस्तो छ छठको महत्व र महिमा

नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, शकरकन्दसहित विभिन्न स्थानीय कृषि उत्पादनसमेत प्रसाद सामग्रीको रूपमा चढाइने भएकाले यसलाई कृषिको पूजाका रूपमा समेत लिइन्छ।
 |  शुक्रबार, मंसिर १, २०८०
nespernesper

निरञ्जनकुमार साह

निरञ्जनकुमार साह

शुक्रबार, मंसिर १, २०८०

vianetvianet

महेन्द्रनगर- मिथिलाञ्चलसहित तराई-मधेशमा विशेष महत्त्वका साथ मनाइने छठ पर्वमा कृषिजन्य वस्तुको विशेष महत्त्व छ। शुद्धतामा विशेष ध्यान दिइने यो पर्वमा कृषि उपजलाई प्रसादका रूपमा लिइन्छ भने केहीलाई वर्जित गरिएको छ। 

triton college

नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, शकरकन्दसहित विभिन्न स्थानीय कृषि उत्पादनलाई प्रसाद सामग्रीको रूपमा चढाइन्छ भने लसुन, प्याज, कोदो, मसुरीसहितका वस्तु वर्जित छ।

पछिल्लो समय काठमाडौँ उपत्यका र अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि मनाउन थालिएको छ। छत्तीस घण्टासम्म पानी पनि नखाएर व्रत बस्ने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ्य दिइन्छ भने छठी माताको पूजा आराधना गरिन्छ। 

कामख्या परिवार नेपालका अध्यक्ष बाबा विभाष लाभका अनुसार प्रकृति र शक्तिका स्वरूप मानिने सूर्य देवताको पूजा गरी मनाइने महत्त्वपूर्ण पर्व छठको पनि विशेष महत्त्व र महिमा रहेको छ। सूर्यको पूजा गरी मनाइने पर्वमध्ये छठ महत्त्वपूर्ण मानिन्छ। 

यो पर्व चार दिनसम्म मनाइन्छ। पहिलो दिन अर्थात् चतुर्थीको दिनलाई ‘अरवा–अरबाइन’ वा नहाए खाए भनिन्छ। यस दिन व्रती सर्वप्रथम स्नान गरी भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुरीसहितका वस्तु परित्याग गरी शुद्ध र पवित्र भोजन गरी व्रतको सुरुवात गर्ने गर्छन्। 

दोस्रो दिनको विधिलाई खरना भनिन्छ। यस दिन व्रती बिहानैदेखि निर्जला व्रत बसी साँझ गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोको घोलले भूमि सुशोभित गरिन्छ। अनि चन्द्र दर्शनपछि माटोको नयाँ चुलो र भाँडावर्तनमा सख्खर, दूध र चामलको खीर बनाएर केराको पातमा राखी कुलदेउता स्थापित कोठामा छठी मातालाई चढाइन्छ।

यसपछि व्रती र परिवारका सदस्य खीर प्रसादको रूपमा ग्रहण गर्ने गर्छन्। त्यसपछि सुरु हुन्छ, व्रतीहरुको ३६ घण्टाको कठोर उपवास। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिवसीय रूपमा मनाइने पर्वमा व्रतीले निर्जल उपवास बस्नुपर्दछ।

यस पर्वको महत्त्वपूर्ण तेस्रो दिन अर्थात् षष्ठी तिथि हो। यस दिन प्रसादका रूपमा बनाइएको ठकुवा, भुस्वा, पुरी कचवनिया र फलफूलसहितका प्रसाद सामग्री लिएर सरोबर, नदीनाला तथा पोखरी, घाट पुर्याइन्छ। 

नरिवल, टापनिम्बु, स्याउ, उखु, मुला, बेसारको झार, अदुवा, शकरकन्दसहित विभिन्न स्थानीय कृषि उत्पादनसमेत प्रसाद सामग्रीको रूपमा चढाइने भएकाले यसलाई कृषिको पूजाका रूपमा समेत लिइन्छ। स्थानीय कृषिजन्य उत्पादनहरू सूर्यदेवतालाई चढाउँदै धन्यवाद दिने र पुनः सफल कृषि उत्पादनको कामना पनि यस पर्वमा हुनेगर्छ।

सम्पूर्ण सामग्रीसहित पोखरी र सरोबर घाट पुगेका व्रतालु साँझ द्वीप, धूप, अगरबत्ती प्रज्वलित गरी सूर्य देवता र छठि माताको पूजाआराधना गरी राति पोखरी घाटमै जाग्राम बस्ने गर्दछन्। स्थानीयरूपमै माटोले बनाइएको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चङ्गेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुले जलाशयको दृश्य मनमोहक बनाइएको हुन्छ।

अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदा व्रती दुवै हातमा चालमको घोल र सिन्दुर लगाएर अक्षता र फूलसहित पालैपालो अर्घ्य सामग्री सूर्यदेवता समक्ष अर्पण गरिन्छ।

खरनाका राति भक्तजन जलाशय घाटमै प्रसादको सुरक्षाका लागि छठिमाता पूजाको गीत र सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने गर्दछ। पर्वको चौँथो तथा अन्तिम दिनलाई पारन भनिन्छ। यस दिन व्रती बिहान सूर्य उदाउँने वित्तिकै जलाशयमा स्नान गरी उदाएको सूर्यदेवतालाई अघ्र्य दिएपछि छठ विधिवत् रूपमा सम्पन्न हुन्छ। 

सूर्यको उपयोगी किरणको अभावबाट हुने कुष्ठरोगसहितबाट रोग ब्याधिबाट मुक्तिका लागि पनि यो पर्व विशेष महत्त्व रहेको ज्योतिष राकेश साहले बताउँछन्।

जानकार एवं विज्ञ डा विनोद साहका अनुसार व्यावहारिक रूपमा कठिन पूजा मानिने छठी पूजाको सुरुवात पाटलीपुत्र वर्तमान भारतको पटना भन्ने स्थानबाट मगध राजाको शासनकाल १३०० देखि १५०० विसीमा भएको मानिन्छ।

यस पर्वको सुरुवातको विषयमा विभिन्न किम्बदन्ती पनि रहेको छ। सूर्य पुराणमा कात्तिक शुक्ल षष्ठीका दिन सर्वप्रथम अत्रिमुनिक पत्नी सती अनुसुया समृद्धि र दाम्पत्य प्रेमप्रति श्रद्धा प्रकट गर्न षष्ठी व्रत बसेकी थिइन्। 

अर्को धार्मिक मान्यताअनुसार द्वापरयुगमा पाण्डव अज्ञातबासमा रहँदा द्रौपदी अज्ञातबासको सफलताका लागि सूर्यदेवको आराधना गर्दै षष्ठी व्रत गरेकाे जानकार डा. सुरेन्द्र लाभले बताए। त्यही ‘षष्ठी’ शब्द रुपान्तरण हुँदै छठी, छठ, छइठ भएको जानकार बताउँछन्।

यो पर्व विशेष गरी महिलाले मनाए पनि पुरुषको भूमिका पनि महत्त्वपूर्ण र सहयोगीका रूपमा देखिन्छ। सरसमान र प्रसाद सामग्री पुरुषले बोक्ने र पोखरीसम्म पुर्‍याउने गरेकाले यसले परिवारमा स्नेह बढ्ने विश्वास पनि गरिन्छ।

यस पर्वमा प्रयोग हुने सम्पूर्ण सामग्री नयाँ हुनुपर्दछ। जानकार एवं पण्डित कुशेश्वर उपाध्यायले भने, ‘वर्षमा दुई पटक गर्मीमा अर्थात् चैतमा मनाइने छठलाई चैती छठ र जाडोमा मनाइने छठलाई कार्तिक छठ भनिन्छ।’ 

कार्तिकमा मनाइने छठ चैतमा मनाइने छठभन्दा लोकप्रिय मानिन्छ। बिना भेद्भाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको सङ्गम सावित भएको जानकार डा. राजेन्द्र विमलले बताए।

विशेषगरी भारतको विहार तथा नेपालको तराई-मधेशमा मनाइने यो पर्व अब पहाड र हिमालमा पनि विस्तार मात्र भएको छैन। मुस्मिल समुदायले पनि मनाउन थालेपछि राष्ट्रिय पर्वको रूपमा स्थापित भएको जानकार रोशन जनकपुरीले बताए।    -रासस

प्रकाशित: Nov 17, 2023| 07:02 शुक्रबार, मंसिर १, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्