शनिबार, पुस ५, २०८२

बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याई

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

जलेश्वर- छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ।  अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन्।

National life

मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भने ‘जीवनका हरेक दुःख विर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने  पर्व छठ हो।’ छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताए। गौशाला नगरपालिकाकी ५५ वर्षीया केवली डोमिनले भने,’ कात्तिक लाग्ने बित्तिकै  बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ। यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुन्छ।’

छठपर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्लो र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच-सात बाँसबाट बनेका सामग्री आवश्यक पर्ने जनाइएको छ। सम्सी गाउँपालिकाका ६० वर्षीय बुधो डोमले छठ पर्वका लागि बाँस सामग्रीका बनाउने गरेको बताए। 

जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए। त्यसैगरी जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति ४० देखि ५० हजार र प्रत्येक परिवारले दुई-तीन लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताए।  

अहिले जिल्लाको प्रत्येक पालिकाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन्। दिनदिनै छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको छ। तराई– मधेशमा बेतबाट बनेको सामग्री किन्नेको भीडभाड रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 16, 2023| 22:02 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्