सोमबार, वैशाख १४, २०८३

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : प्रहरी

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

National life
kumari

काठमाडौं- नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन्  तर सडक दुर्घटना  भने केही बढेका छन्।
     
‘समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो। छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन। सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ’, उनले भने।
  
तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ। दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन्। विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन्।
प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङक सङ्कलनको कार्य भइरहेकाले एक/दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने अपेक्षा गरे।

प्रकाशित: Nov 16, 2023| 13:45 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्