मंगलबार, वैशाख १५, २०८३

सिन्धुली कारागारमा एक बन्दीको मृत्यु

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका विमल मगर छन्।

National life

३० वर्षीय विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए।

भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए। राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए।

स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका थिए। सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए। उनले भने–‘पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौँ।’

प्रकाशित: Nov 16, 2023| 11:35 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्