मंगलबार, वैशाख १५, २०८३

धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

National life
kumari

जानकी- बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर बिक घाइते भएका हुन्। 

विकलाई बिहीबार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। 

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताएका छन्। हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ।

प्रकाशित: Nov 16, 2023| 11:11 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्