आइतबार, असार ८, २०८२

भैँसीसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

 |  बिहीबार, कात्तिक ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

vianetvianet

दमक- झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्। 

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Nov 16, 2023| 10:25 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्