आइतबार, असार ८, २०८२

अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

 |  बिहीबार, कात्तिक ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

vianetvianet

अछाम- अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्युु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। 

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्। उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

प्रकाशित: Nov 16, 2023| 08:39 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्